८ आश्विन २०८१, मंगलबार | Wed Sep 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कार दुर्घटना परि सात जनाको ज्यान गयो



काठमाडौं । चैत ६ गते
म्यानमारमा कार दुर्घटनामा कम्तीमा पनि सात जनाको ज्यान गएको छ । म्यानमारको पाथिन चागोथा भन्ने स्थानमा शनिबार भएको कार दुर्घटनामा परी सात जनाको ज्यान गएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।एक निजी कार सर्वाजनिक बससँग ठोक्किन पुगेको प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट सो कारमा रहेका कम्तीमा सात जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । सो कारमा सवार रहेका व्यक्तिहरु एकै परिवारका हुनसक्ने अनुमान गरिएको छ । तर प्रहरीले स्वतन्त्र पुष्टि गर्न भने बाँकी रहेको अस्पताल स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ११ : ३४ बजे