११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


एनआरएनए निर्वाचनमा तीन हजार ९८ मात्र योग्य मतदाता मात्र हुन पाउने



काठमाडौँ । चैत ६ गते
गैरआवासीय नेपाली संघ को (एनआरएनए ) को २४ र २५ तारिख हुने निर्वाचनमा तीन हजार ९८ जना मतदाताले मात्र निर्वाचनमा सहभागी हुन पाउने भएका छन् । करिब एक सय ५० जनाले आफ्नो परिचयपत्र बुझाउन नसकेका कारण उनीहरूलाई मतदाता नामावलीबाट हटाइएको हो । बाँकी मतदाताको स्मार्ट एनआरएनएमार्फत सेल्फी लिन चुकेपछि सूचीबाट नाम हटाइएको हो ।

संघको निर्वाचन समितिले आइतबार विज्ञप्ति जारी गर्दै परिचय नखुलेका र सेल्फीमा नलिएका मतदातालाई मतदाता नामावलीका हटाइएको जनाएको छ । संघको निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष लगायतका पदमा मतदान हुँदैछ । अनलाइनमार्फत हुने निर्वाचनको व्यवस्थापनको जिम्मा अष्ट्रेलियास्थित भेरो कम्पनीले लिएको छ । अध्यक्ष पदमा डा. बद्री केसी र रविना थापाबीच निर्वाचन हुँदैछ । यसअघि निर्वाचन समितिले ३५ सय ९० जनाको नाम सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  १२ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।