८ आश्विन २०८१, मंगलबार | Wed Sep 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


यौन दुर्व्यवहारका आरोपीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रमण, महिला जवानकाे मृत्यु



६ चैत्र ०७८, काठमाडौं । मोरङमा १४ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका शिक्षकलाई पक्राउ गर्न खटिएको प्रहरी टोली र स्थानीयबीच झडप भएको छ। झडपमा एक महिला प्रहरी जवानको मृत्यु भएको छ ।
लेटाङ नगरपालिका ५ स्थित शिक्षा विकास माविमा पढ्ने बालिकालाई सोही विद्यालयका शिक्षकले यौन दुर्व्यवहार गरेको भन्ने सूचनापछि प्रहरी टोली उक्त स्थानमा पुगेको थियो।

आरोपित शिक्षकलाई पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि आक्रोसित भीडले धारिलो हतियार प्रहार गर्दा एक महिला जवानको मृत्यु भएको हो ।
मृत्यु हुनेमा महिला प्रहरी जवान उर्मिला श्रेष्ठ रहेकी छन् । कोशी अञ्चल अस्पतालले उनको मृत्यु भएको घोषणा गरेको हो ।
ती महिला प्रहरी जवानको घाँटीमा गम्भीर चोट लागेको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ११ : ५२ बजे