९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेत्री सामन्था फिल्म ‘यशोदा’ मा एक्सन अवतारमा देखिदै



काठमाडौं । चैत ७ गते
दक्षिण भारतीय चर्चित अभिनेत्री सामन्था रुथ प्रभु आगामी फिल्म ‘यशोदा’को तयारीमा जुटेकी छन् । यो फिल्ममा उनले धेरै स्टन्ट दृश्य दिँदैछिन् । यसका लागि उनले हलिउडको स्टन्टमेनबाट तालिम लिँदैछिन् । साइन्स फिक्सन थ्रिलर फ्लेभरको फिल्मको बजेट निकै महंगो रहने बताइएको छ ।फिल्मको हिन्दी भर्सनमा बढ्दो लोकप्रियतालाई मध्येनजर गर्दै पेन इण्डियाले यसलाई बलिउडमा रिलिज गर्नेछ । समाचारअनुसार उनलाई हलिउडका स्टन्टमेन यानिक बेनले तालिम दिनेछन् र उनको कोरियोग्राफ पनि गर्नेछन् । यसअघि सामन्थाले यानिकका साथ प्रख्यात वेब सिरिज ‘द फेमिली मेन २’ मा काम गरेकी थिइन् ।

फिल्ममा सामन्थाको प्रमुख भूमिकामा अभिनय रहनेछ ।फिल्मको निर्देशक हरि–हरीश जोडीले गर्दैछन् । उनीहरु यो फिल्मबाट निर्देशनमा डेब्यू गर्न लागेका हुन् । श्रीदेवी मुभिजको व्यानरमा बन्ने फिल्मको निर्माण शिवलेंका कृष्ण प्रसादले गर्दैछन् । फिल्म तेलुगु, तमिल, मलयालमसँगै कन्नडमा पनि रिलिज हुनेछ ।सामन्थाले आफ्नो करियरको सुरुवात मोडलिङबाट गरेकी थिइन् । त्यसपछि उनले सन् २०१० मा रिलिज फिल्म ‘ये माया चेसावे’बाट तेलुगु फिल्म उद्योगमा पाइला चालेकी हुन् ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ९ : ०० बजे