११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


भूमिहीन सुकुम्बासीले घेरे महानगरपालिका



काठमाडौं । चैत ७ गते
जग्गा नपाएपछि पोखरामा रहेका भूमिहीन सुकुम्बासीले महानगरपालिकाले आयोगलाई असहयोग गरेको भन्दै कार्यालय घेरेका छन् । आज न्युरोडस्थित महानगर कार्यालयअघि उनीहरूले नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।उनीहरूले भ्रष्टाचारको विरोध गरेका छन् भने तत्कालै भूमिहीनको समस्या समाधान गर्न माग गरेका छन् । पोखरा महानगरपालिकामा मात्रै करिब ४० ठाउँमा सुकुम्बासी छन् । जिल्लाभर ४५ देखि ५० हजार सुकुम्बासी रहेको प्रारम्भिक अनुमान छ ।

पोखरीको सुकुम्बासी टोलमा बस्दै आएका रमेश बल्कोटी पटक पटक ध्यानाकर्षण गराउँदासमेत महानगरले अटेर गरेको बताउँएका छन् । पहिलेको आयोगले प्रारम्भिक रूपमा निवेदन लिएको तर निवेदनअनुसार काम अघि नबढेको उनको भनाई छ । छिनेडाँडास्थित सुकुम्बासी टोलका बलवीर राना तत्काल काम अघि बढाइदिन माग गरेका छन् । उनले मेयरको घरको सम्पत्ति नमागेको र राज्यले बनाएको नीतिअनुसारको काम अघि बढाउन आग्रह गरेका छन् ।समस्या तत्काल समाधान नभए संघर्ष चर्काउने उनीहरूको चेतावनी छ ।आयोगका कास्की अध्यक्ष गंगा पोखरेलले महानगरले सम्झौता नगरेको बताए । ‘

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ११ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।