काठमाडौं । चैत ७ गते
रूकुम (पश्चिम) मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । १ बेपत्ता भएका व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ । । रूकुम (पश्चिम) को आठबिसकोट नगरपालिका–६ मनकाबगरमा हाल नम्बर नखुलेको अनटेष्ट लेखिएको ट्रक दुर्घटना भएको हो । उक्त दुर्घटनामा परि मृत्यु हुनेमा ट्रकमा सवार सुर्खेत बराहाताल गाउँपालिका–३ बस्ने २६ वर्षीय निरज रहेको बिष्ट छन् । उनको घटनास्थलमै मृत्यु भएको थियो । आइतबार राती ट्रक सडकबाट अन्दाजी १ सय मिटर तल भेरी नदीमा खसेको प्रहरीले जनाएको छ ।

त्यस्तै बैतडीमा मिनी ट्रक ब्याक गर्ने क्रममा दुर्घटना हुँदा एक जनाको मृत्यु भउको छ भने ३ जना घाइते भएका छन् । आइतबार राति पाटन नगरपालिका–६ पाटनमा से।१ ख १२४२ नम्बरको मिनी ट्रक ब्याक गर्ने क्रममा दुर्घटना भएको हो । मृत्यु हुनेमा ट्रकमा सवार सूर्नया गाउँपालिका–३ बस्ने २५ वर्षीया दुर्गा चन्द रहेकी छन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र पाटन बैतडी हुँदै थप उपचारको लागि जिल्ला अस्पताल डडेलधुरातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । अन्य ३ जना घाइते प्राथमिक स्वास्थ्य केन्द्र पाटन बैतडीमा उपचार पश्चात डिस्चार्ज भएका छन् भने हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।







प्रतिक्रिया