७ चैत्र ०७८, काठमाडौँ । नेकपा एमालेले आगामी वैशाख ९ गते स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।
सोमबार बसेको एमाले पोलिटब्यूरो बैठकले पार्टी स्थापना दिवसको अवसर पारेर चुनावी घोषणापत्र सार्वजनिक गर्ने निर्णय गरेको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
एमालेले स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटको मापदण्ड बनाएको छ । स्थायी कमिटीमा उम्मेदवार छनोटको अधिकारबारे स्थायी कमिटीले गरेको निर्णयअनुमोदन गर्दै मापदण्ड बनाएको हो ।
उपमहासचिव एवं प्रचार विभागका प्रमुख गुरुङका अनुसार जनप्रतिनिधिमा निर्वाचित भएर काम गरिरहेकाहरुको हकमा कामको मूल्यांकन हुनेछ ।
यस्तै कार्य क्षमता, विकास र सुशासनप्रति दृष्टिकोण, लोकप्रियता र चुनावमा जित्ने आधार, पार्टीको आन्दोलनमा पुर्याएको योगदान र पार्टीप्रति निष्ठाका साथै सन्तुलन र समवेशीलाई उम्मेदवार छनोटको मापदण्ड बनाइएको छ ।
प्रतिक्रिया