८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


नायक पल शाहको जबरजस्ती करणी अभियोगको अनुसन्धान सकियो, सरकारी वकिलसमक्ष फाइल पेस




७ चैत्र ०७८, काठमाडौं । नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा अनुसन्धानमा रहेका नायक पल शाहविरुद्धको अनुसन्धान सकेको छ । अनुसन्धान सकेपछि सुझावसहितको प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालय, तनहुँमा बुझाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रहरीले २१ दिन लामो अनुसन्धानपश्चात अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको हो । प्रतिवेदन पेस गरिए पनि अनुसन्धान कार्य प्रहरी र सरकारी वकिल दुवैको समन्वयमा अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
भरर्खरै कागजात रुजु गर्ने कार्य भइरहेको सरकारी वकिल कार्यालय तनहुँका सरकारी वकिल रामचन्द्र शर्माले बताए । प्रहरीले गर्नुपर्ने अनुसन्धान कार्यमा छुटेको भए पुनः प्रहरी कहाँ पठाउनुपर्छ यदि अनुसन्धान कार्य पूरा भएको देखिएमा शाहविरुद्ध अभियोग बनाएर अदालतसमक्ष पेस गरिने छ । जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीले पनि शाहविरुद्ध गरेको अनुसन्धान सकेर अदालतमा मुद्दा दायर गरिसकेको बताइएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ८ : ०५ बजे