काठमाडौं । चैत ८ गते
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक बदली छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रदेश १ को पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन,चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। त्यस्तै आज राति पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। राति पनि प्रदेश १ को पहाडी भू–भागका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।







प्रतिक्रिया