८ आश्विन २०८१, मंगलबार | Wed Sep 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्राचीन मानव सभ्यताहरू नदी किनारमा विकास भए– राष्ट्रपति भण्डारी



काठमाडौं । चैत ८ गते
पानीका स्रोतको संरक्षण गर्दै पर्यावरण सन्तुलनमा योगदान पुर्‍याउनुपर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको भनाई छ । उहाँले आज विश्व पानी दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै पानी र प्रकृतिसँग प्राणी जगतको अस्तित्व गाँसिएको जिकिर गर्नु भएको छ । राष्ट्रपति भण्डारीले पृथ्वीमा जीवको उत्पत्ति नै पानीभित्र भएको र प्राचीन मानव सभ्यताहरू नदी किनारमा विकास भएको उल्लेख गर्नु भएको छ । वर्तमान अवस्थामा आइपुग्दा जीवनको अस्तित्व जोगाउन प्रकृति र पानीको संरक्षण गर्नु मानव सभ्यताकै निमित्त चुनौती भएको उहाँको भनाई छ ।

राष्ट्रपति भण्डारीले भूमिगत जलस्रोत महत्वपूर्ण प्राकृतिक सम्पदा रहेको उल्लेख गर्दै जसले पारिस्थितिक प्रणालीलाई दिगो राख्न, नदीहरूको बहावलाई व्यवस्थित गर्न, जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न र सुरक्षित पिउने पानी परिपूर्ति गर्न मद्दत गर्ने बताउनु भएको छ ।भूमिगत जलस्रोतको महत्व बुझौँ, सबै मिली संरक्षण गरौँ’ भन्ने राष्ट्रिय संकल्पका साथ सरकारले पानी दिवस मनाउँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९३ देखि हरेक वर्ष मार्च २२ लाई पानी दिवसका रूपमा मनाइन्छ ।

 

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ८ : ०४ बजे