२५ चैत्र २०८२, बुधबार | Thu Apr 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गर्न माग



काठमाडौं । चैत ८ गते
लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गर्न गोरखाको सहिद लखन गाउँपालिकाले माग गरेको छ ।कार्यपालिका बैठकबाटै निर्णय गरेर पालिकाले नेपाल सरकारलाई उक्त निर्णय बुझाएको हो ।यसबाहेक पहिलो जनविद्रोहमा लखन थापासँगै सहादत प्राप्त गर्ने जयसिंह चुमी राना मगर, जीतमान गुरुङ, विराज थापा मगर, जुठ्या थापा मगर, अछामी मगर र अजपसिंह थापा मगरलाई शहिद घोषणाको माग गरिएको गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरले जानकारी दिए ।

 

अध्यक्ष थापाले भने, ‘लखन थापाको जति सम्मान हुनसक्यो, उति इतिहासको सम्मान हुन्छ । राज्यले राष्ट्रिय विभूति घोषणा गर्न ढिलो गर्नु हुन्न ।’ गाउँपालिकाले पर्यटनमन्त्री प्रेम आलेलाई ज्ञापनपत्र नै बुझाएको हो ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ९ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।