११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


थप ४४ जनामा कोरोना सङ्क्रमण   



८ चैत्र ०७८, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय ६ हजार ५९४ जनाको कोरोना परीक्षण गरिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार हाल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ६८८ रहेको छ । पछिल्लो समय ४८१ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६३ हजार ५९२ पुगेको छ । निको हुने दर ९८.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । कोरोनाबाट आज थप एक जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट ११ हजार ९५१ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा ललितपुर र काठमाडौँ छन् । शून्य कोरोना सङ्क्रमित भएका चार जिल्लामा मनाङ, रुकुम पूर्व, बाजुरा र जुम्ला छन् । नेपालमा सङ्क्रमण दर १७.७ प्रतिशत रहेको छ । हाल होम आइसोलेशनमा दुई हजार ६३७, संस्थागत आइसोलेशनमा ५१, आइसियुमा २३ र भेन्टिलेटरमा दुई जनाको उपचार हुँदैछ । पछिल्लो २४ घण्टामा ७३ हजार ६४२ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ६ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।