८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


करिश्मा मानन्धरलाई आएको केपी ओलीको त्यो फोन कल




८ चैत ०७८, काठमाडौं । गत असोज १ राति । अभिनेत्री करिश्मा मानन्धरको मोबाइल फोनमा नयाँ नम्बरबाट फोन आयो । ट्रु कलर आईडीमा केपी शर्मा ओली देखायो । उनलाई लाग्यो, कतै देशकै निवर्तमान प्रधानमन्त्रीको फोन कल त होइन् । फेरि सोचिन् प्रधानमन्त्री जस्तो मान्छेले मलाई किन फोन गर्नुभयो ?
कुरा गर्दै जाँदा नभन्दै उनै ओलीको फोन रहेछ । जब ओलीले करिश्मा परीक्षा कस्तो भइरहेको छ ? भन्दा उनलाई आफ्नै घरको मुलीले छोराछोरीसँग प्रश्न गरेजस्तो लाग्यो । उनले जवाफ फकाईन्, हजुर ठिक छ सर ।
उनलाई जिज्ञासा लाग्यो तपाई केपी ओली हो ?
ओलीले भने, अ हो विश्वास लागेन् ?
करिश्माले भनिन्, लागेन सर ।
त्यसपछि उनले उनले एउटा डुंगाको कथा सुनाए । त्यसपछि उनी उहाँ ओली नै हो भन्नेमा सतप्रतिशत विश्वस्त भइन् ।
आधुनिकताको यो दौडमा सद्भाव र मायाको दूरी मेटाउन देशकै निवर्तमान प्रधानामन्त्रीबाट फोन आउनु सामान्य कुरा होइन् । एउटा सामान्य कलाकारलाई फोन गरेर परीक्षा कस्तो भइरहेको छ ? स्वास्थ्य अवस्था कस्तो छ ? जस्ता जिज्ञासा राखेपछि करिश्माले ओलीलाई आफ्नो आइडल मान्न थालिन् ।

त्यही फोन कलपछि करिश्मालाई लाग्यो देशको महत्वपूर्ण व्यक्तिले आफ्नो कामलाई हेरिरहेका रहेछन् ।
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको पार्टी नयाँ शक्ति नेपालबाट उनले राजनीतिक यात्रा सुरु गरेकी थिइन् । भट्टराईले नयाँ शक्तिलाई जनता समाजवादी पार्टीसँग एकता गराएपछि उनी निष्क्रिय भइन् । उनले आफ्नो पढाइलाई र कलाकारितालाई मात्र अगाडि बढाइरहेकी थिइन् । त्यहीबेला ओलीले फोन गरे । ओलीको फोनपछि उनमा पुनः राजनीतिको मोह जाग्यो ।
उनले ओलीलाई नजिकबाट नियाल्न थालिन् । उनका भाषण र विचारलाई सुन्न थालिन् । जति जति सुन्दै गइन्, उनलाई ओली र एमालेप्रति आकर्षण जाग्न थाल्यो । उनले तारन्तार ओलीबारे र उनीसँग सम्बन्धित स्टाटस फेसबुकमा लेख्न थालिन् ।
ओलीको फोनबाट दंग परेकी करिश्माले केही दिन अगाडि प्रत्यक्ष भेट गरिन् । गत ४ कात्तिकमा ओली निवास बालकोटमै पुगेर भेट गरेकी थिइन् । जसका लागि एमाले नेतृ कोमल वली र हास्यकलाकार जितु नेपालले सहजीकरण गरिदिएका थिए ।
भेटको क्रममा उनले ओलीबाट धेरै राजनीतिक तथा समसामयिक विषयमा कुरा सुन्ने मौका पाइन् । ओलीसँगै बसेर उनको विचार सुनेपछि उनी त ‘वान साइडेड लभर’ जस्तै बनिन् । सबै क्षेत्रमा मानिसहरूलाई उत्तिकै महत्वका साथ लिएको र चासो मानेर सुनेको भन्दै ओलीको प्रश्न गरिन् ।

पछिल्लो समय ओलीलाई नियालिरहेकी करिश्मालाई एमालेप्रति लोभ्याउन ओलीको ‘परीक्षा कस्तो भइरहेको छ ?’ नै प्रमुख थियो ।
मंगलबार उनी एमाले प्रवेश गरेकी छन् । एमाले पार्टी प्रवेश गर्दै उनले ओली र एमालेको प्रशंसा गरिन् । एमाले प्रवेश गर्नुको प्रमुख कारण भनेको, ओलीको व्यक्तित्व नै प्रमुख रहेको प्रष्ट पारिन् ।
पार्टी प्रवेश कार्यक्रममा करिश्माले नेता भनेको पथप्रदर्शक हुने भन्दै ओलीमा त्यो प्रतिबद्धता र कुशलता पाएको बताइन् । ओलीको इनर्जी देखेर आफू ताजुब भएकीसमेत बताइन् । एमालेले मुलुकको परिवर्तन र समृद्धिको एजेन्डा बोकेको पार्टी भएको भन्दै अधिकांश नेपाली नागरिकले एमालेसँग सद्भाव राख्ने गरेकोसमेत बताइन् ।

 

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  १० : २४ बजे