९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


धुलाम्मे सुनाकोठी सडक स्थानीयले अवरुद्ध गरेपछि राती राती काम




९ चैत्र ०७८, सुनाकोठी । ललितपुर सुनाकोठीका स्थानीयबासी सडक मर्मतको माग राखेर आन्दोलित भएपछि सैलुङ कन्ट्रक्सन मंगबार रातारात काममा जुटेको छ ।

सुनाकोठी सडकमा सडक बन्द गरेको थाहा पाएपछि सैलुङ कन्ट्रक्सनले दिउसै डोजर पठाएको थियो । यस सडकमा ३ वटा डोजर र लोडरले सडकको पुरानो कालोपत्र भत्कारहेको छ । कन्ट्रक्सनले वडा कार्यालय अगाडि ३ महिनाभन्दा गिटी सडक कालोपत्र गर्ने भन्दै राखेको थियो । त्यसैताका केही दिन सडकमा काम पनि गरेको थियो । तर ठेकेदारले हठात छाडेर फरार भएको थियो ।


मंगलबार विहानैदेखि स्थानीयबासी सुनाकोठी गेटमा सुकुल विछ्याएर बसेपछि कन्ट्रक्सनले डोजर लोडर ल्याएर काम सुरु गरेको हो । सुनाकोठी सडक मंगलबार रातीसम्मै बन्द गरिएको थियो । यस सडकमा भएर हिड्नेहरु धापाखेल भैसेपाटी र गोदावरी सडक प्रयोग गरेका थिए ।

कन्ट्रक्सनका सुपरभाइचर एकदेव पोखरेलले ४ दिनमा सडकमा बेस राखिसक्ने बताए । उनले भने, ‘सडकमा पानी राखेर पेल्नु पर्छ पानी सुक्न १ हप्ता लाग्छ होला त्यसपछि मात्रै कालोपत्र गर्न सकिन्छ ।’ उनका अनुसार पानी परेमा वा घाम नलागे कालोपत्र गर्ने समय अmभैं केही दिन पर सर्नसक्छ ।


स्थानीयबासीले सडक कालोपत्र नभई सडक नछोड्नै भन्दै अड्डी कसेपछि ठेकेदारले राती काम गरेको कन्ट्रक्सनका सुपरभाइचर पोखरेल बताउँछन् । स्थानीय रामचन्द्र महर्जनले धुलोले स्थानीयबासी विरामी भएपछि सडक बन्द गरेको बताए । उनले भने, ‘सडक कालोपत्र नभएसम्म सडक खोल्दैनौं ।’

सडक बन्द गरे पनि पेलेर गाडी गुड्न थालेपछि स्थानीयहरु बीच सडकमै ग्याँस चुलो बलेर चिया बनाउन थालेका थिए । उनीहरु सडकमा सुकुल राखेर बसेका थिए ।

सडकै बसेकी ज्ञानु कुमारी महर्जन कालोपत्र नभएसम्म सडकमै बस्ने अड्की कसेर बसेकी छिन् । उनी भन्छिन्, ‘सडकमा बस्न आउने सबैलाई चिया खुवाउने बताउछिन् ।’ बृद्ध इन्द्र कुमारी महर्जन सडक कालोपत्र गराउन सडकै बसेकी छिन् ।


सुनाकोठीकी स्थानीयले आफूहरु सडक कालोपत्र भएपछि मात्रै सडक छोडेर घर जाने बताइन् । कलेजबाट फर्कदै गरेका विद्यार्थी प्रसिर ढुंगानाले आफूहरु जति समय हिड्न पनि तयार रहेको बताए । उनले भने, ‘हामीले धेरै धुलो धुँवा खायौं । अव चाही कालोपत्र होस् । कालोपत्र नभएसम्म हामी हिडेरै जान तयार छौं ।’

सुनाकोठी सडक बन्द भएपछि लामो समय धापाखेल सडक जाम भएको ट्राफिक प्रहरी प्रभाग चापागाँउले बताएको छ । सडक बन्दभएका कारण यो सडक भएर हिड्ने यात्रुले सास्ती खेपेको ट्राफिक प्रहरीको भनाई छ ।


वागमती प्रदेशका सभासद तथा स्थानीय राजकाजी महर्जन ठेकेदारको लापरवाहीका कारण स्थानीयले सडक बकन्द गरिदिएको बताउछन् । उनी भन्छन्,‘१० दिनअघि नियमित काम गरिदिएको भए विरोध आउदैन थियो । साधुरो सडक का मगर्न पनि बन्द गर्नै पर्ने थियो । बेस राखेपछि सडक खुल्छ ।’


महर्जन स्थानीयको माग जायज रहेको र सडक बन्द नगरि काम नहुने संस्कार बसेको बताउँछन् । प्रधानमन्त्री शेर बहादुर देउवा गोदावरी नगरपालिकाको भवन उद्घाटन गर्न चापागाँउ आउँदा ३० मिटर सडकमा काम गरेपनि काम रोकेर सैलुङ कन्ट्रक्सन फरार भएको थियो ।

न्युज कारखाना

 

 

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ८ : ३८ बजे