८ आश्विन २०८१, मंगलबार | Wed Sep 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आज एमाले केन्द्रीय कमिटी बैठक बस्दै,यस्ता छन्,मुख्य एजेण्डा



काठमाडौं । चैत ९ गते
आज नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक बस्दैछ । बैठक बिहान ११ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा बस्ने एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिनु भएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्ने छन् । त्यसपछि प्रतिवेदनमाथि छलफल हुने शाक्यले जानकारी दिनु भएको छ ।

 

बैठकमा पार्टीका विभागलाई पूर्णता, स्थानीय तहका उम्मेदवार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्र, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, पार्टी स्थापना दिवस, सचिवालय र पोलिटब्युरो कमिटी बैठकको निर्णय अनुमोदनलगायत प्रस्ताव पनि अध्यक्ष ओलीले प्रस्तावको रूपमा पेस गर्ने छन् । बैठक भोलिसम्म जारी रहने छ । यसअघि सोमबार पोलिटब्युरो बैठक र त्यसअघि सचिवालय बैठक बसेको थियो ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ८ : २२ बजे