११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


उच्च शिक्षा ऐन बनाएर शिक्षामा देखिएका अन्योलता चिर्नुपर्छ –गगन थापा



काठमाडौं, ९ चैत
उच्च शिक्षा ऐन बनाउनुपर्ने सार्वजनिक रुपमा कांग्रेस महामन्त्री गगन थापाले प्रस्ताव गर्नु भएको छ । आज कीर्तिपुरमा त्रिवि कर्मचारी संघ केन्द्रीय समितिको १२औँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले उच्च शिक्षा ऐन बनाएर शिक्षामा देखिएका अन्योलता चिर्नुपर्ने बताउनु भएको हो उच्च शिक्षामा कसले लगानी गर्ने भन्ने विषयमा बहस गरेर टुंग्याउनुपर्ने बताएका उनले देशमा राजनीतिक परिवर्तन भए पनि शिक्षामा व्यवहारिक रुपमा परिवर्तन गर्न नसकिएको बताउनु भएको छ ।

उहाँले शिक्षालाई संविधानमा मौलिक हकसहितका व्यवस्था गरिए पनि विश्वविद्यालयमा सुधारको आवश्यक रहेको बताउनु भएको छ । त्रिवि विश्वविद्यालयमा देखिएका समस्या समाधान गरेर अघि बढ्नुपर्ने भन्दै महामन्त्री थापाले यसमा आफ्नो पनि सहयोग रहने उहाँको भनाई छ । उहाँले आफू पनि त्रिविको पूर्वकर्मचारी भएकाले अहिले यस विद्यालयको रङ उडेको देख्दा मन दुखेको बताउँदै सबैजना मिलेर विश्वविद्यालयको समस्या समाधान गर्नुपर्ने बताउनु भएको छ ।

आफूले पाएको जिम्मेवारी सम्झिएर काम गर्नुपर्ने उहाँको भनाई छ । अब विश्वविद्यालयको समस्या समाधान गर्न ढिलो गर्नु नहुने बताउनु भएको छ । उहाँले यसबारे कुलपति, प्रधानमन्त्रीसँँग पनि कुरा गर्ने र सबै मिलेर समाधान गर्नु पर्ने बताउनु भएको छ । विद्यालय, प्राध्यापक तथा कर्मचारी कुनै राजनीतिक दलसँँग आवद्ध हुनु नराम्रो नभए पनि तर, समस्या समाधान गरेर शिक्षाको क्षेत्रमा सुधार गर्नुपर्ने उहाँको भनाइ छ ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  १२ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।