५ माघ २०८२, आइतबार | Sun Jan 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु



११ चैत्र ०७८, काठमाडौं ।बिहीबार राति रोल्पामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने जना गम्भिर घाईते भएका छन् । सुनिलस्मृति गाउँपालिका–३ लोबाङमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ट्रयाक्टरका परिचालक सुनिलस्मृति गाउँपालिका–५ काप्राका २० वर्षीय खुमे थापा रहेका छन् ।

उनको उपचारको क्रममा बुटवल स्थित लुम्बिनी सिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । गएराति साढे २ बजे विष्टले चलाएको लु ३ त ९९६० नम्बरको ट्रयाक्टर सडकबाट अन्दाजी ६० मिटर तल खसेको ईलाका प्रहरी कार्यालय सुलिचौर रोल्पाले जानकारी दिएको छ ।दुर्घटनामा गम्भीर घाइते भएका चालक सुनिलस्मृति गाउँपालिका–३ मिझिङका २४ वर्षीय यमराज विष्टको स्थानिय प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचार भईरहेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  १२ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।