२७ फाल्गुन २०८२, बुधबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सत्तारुढ गठबन्धन तोड्न एमाले लागिपरेको छ –माधवकुमार नेपाल




११ चैत्र ०७८, काठमाडौं ।सत्तारुढ गठबन्धन तोड्न एमाले लागिपरेको नेकपा (एकीकृत समाजवादी )अध्यक्ष माधवकुमार नेपालले आरोप लगाएका छन् । आज काठमाडौं अखिल नेपाल महिला संघ (समाजवादी)काठमाडौंको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आसन्न निर्वाचनमा आफू कमजोर हुने भएपछि एमाले अध्यक्ष केपी ओली सत्तारुढ गठबन्धन तोड्ने प्रयास गरिरहेको आरोप लगाएका हुन् ।

आसन्न निर्वाचनमा गठबन्धन आवद्ध दलहरूबीच तालमेल गरेर अघि बढ्ने बताएका उनले गठबन्धन बाहिरका विचार मिल्ने दलहरू पनि तालमेल गर्न प्रस्ताव आएको बताए । सत्तारुढ गठबन्धन तोड्ने प्रयास गरिरहेका ओली पनि गठबन्धन बनाएर चुनावमा जान खोजेको अध्यक्ष नेपालको भनाइ छ । ओलीले राप्रपासँग गठबन्धन गर्न खोजेको नेपालले बताए ।

 

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  १ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।