१८ माघ २०८२, शनिबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आजदेखि एनआरएनएको दशौं महाधिवेशन काठमाण्डौंमा सुरु



१२ चैत्र ०७८, काठमाडौं ।आज देखि गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं महाधिवेशन काठमाण्डौंमा सुरु भएको छ । ललितपुरस्थित होटल हिमालयमा हुने महाधिवेशनको उद्धघाटन संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्षहरु जीवा लामिछाने, भवन भट्ट र अध्यक्ष कुमार पन्तले संयुक्त रुपमा गरे ।

सम्मेलनलाई संघका पूर्वअध्यक्ष डा‌। उपेन्द्र महतो, जीवा लामिछाने, भवन भट्टलगायतले सम्बोधन गर्ने छन्। दुई दिनसम्म चल्ले सो सम्मेलनमा संघका महासचिव डा‍‍। हेमराज शर्माले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महेश श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने भएका छन्।संघको नेतृत्वको लागि भएको विवाद अन्त्य गर्न बहुअध्यक्षीय प्रणालीको लागि महाधिवेशनमा विधान संशोधन गर्ने तयारी गरिएको छ। आजै संघको विश्व सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्धघाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ११ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।