१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पुलबाट बस खस्दा चार जनाको मृत्यु, तीन दर्जन यात्रु घाइते




१३ चैत्र ०७८, काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको फुलजोर खोलाको पुलबाट बस खस्दा चार जनाको मृत्यु भएको छ भने ३ दर्जन यात्रु घाइते भएका छन् ।दुर्घटनामा परेर मृत्यु भएका चार जनाको शव पोष्टमार्टमका लागि मलंगवा पठाइएको र घाइतेहरूको लालबन्दी र रानीगंजस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

वीरगंजबाट जनकपुरतर्फ जाँदै गरेको ना४ख ८५५५ नम्बरको यात्रुबस आइतबार बिहान पुलबाट तल खसेको हो । घाइतेको उद्धार जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घटनाको थप विवरण भने आउन बाँकी छ ।बसको अगाडीको चक्का पड्किएर अनियन्त्रित भई पुलबाट खसेको प्रहरीको प्रहरीको आश‌ंका छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनायो ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  १ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।