१३ चैत्र ०७८, भक्तपुर । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर नगरपालिका६ डेकोचा बस्ने धादिङ जलामुखी गाउँपालिका(४ मैदी घर भएका २२ वर्षीय राज परियारलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
परियारले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया