९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


गोदावरी मेयरको उम्मेदवारीमा एमालेका चेतनाथ र गम्भिरको चर्चा




१५ चैत्र ०७८, चापागाँउ । स्थानीय निर्वाचन नजिकिएसँगै ललितपुरमा पनि सम्भावित उम्मेदवारहरुको चर्चा सुरु भएको छ ।
ललितपुरको एमालेभित्र संघीय सासंद चेतनाथ सञ्जेल र गोदावरी नगरपालिका जनप्रतिनिधि गम्भिर रानाको मेयर पदमा उम्मेदवारीको चर्चा सुरु भएको छ ।
वडा सदस्य राना आफू मेयर पदको उम्मेदवारीको पक्षमा खुलेरै बहस सुरु गरेको बताउछन् भने संघीय सासंद सञ्जेल पार्टीले अघि बढाए पछि नहट्ने बताउछन् । राना भन्छन्,‘ म प्रयास गरिरहेको छु ।’
गोदावरी क्षेत्रका कार्यकर्ताहरुले मेयर जित्ने उम्मेदवार आफू भएको चर्चा हुने गरेको सञ्जेल बताउछन् । भन्छन्,‘पार्टीको सिपाही रहेको अवस्थामा मैले रहर गरेर मात्रै हुदैन । पार्टीले जिम्मेवारी दिए भाग्न पनि मिल्दैन ।’
एमाले गोदावरी नगरपालिका कमिटी अध्यक्ष प्रभाकर थापाको नाम समेत नाम यदाकदा चर्चामा आए पनि थापा आफू मेयरको दौडमा नरहेको उनी बताउछन् । भन्छन्, ‘अन्तिममा तपाई नै हो भनेर सबैले भन्छन् भने मैले के भन्नु । म चाही अरुलाई जिताउने भनेर लागेको छु ।’
केही समयअघिसम्म मधुसुधन पौडेल समेत मेयर पदको दौडमा रहेको चर्चा हुने गरे पनि पौडेल आफू मेयर पदको आकाँक्षा नराखेको बताउने गरेका छन् ।
प्रदेशबाट राजिनामा गराएर सासंद सञ्जेललाई मेयर उठाए जित्ने सम्भावना रहेको स्थानीय नेताहरु बताउछन् । एक नेताले भने, ‘विधि र विधानले के भन्छ त थाहा छैन । गोदावरीमा जित्न सक्ने र विकाशको काम गर्ने त सञ्जेल नै हो ।’
उता नेपाली काँग्रेसबाट मेयर गजेन्द्र महर्जन फेरि दोहो¥याउने पक्षमा छन् । अर्का नेता पुरुषोत्तम सिलवाल पनि मेयरको आकाक्षा राख्नेमा पर्छन् ।
माओवादी केन्द्रका मेयरको उम्मेदवारीमा पुरानै नेताहरु महेन्द्र श्रेष्ठ र न्हुच्छेराम महर्जनको चर्चा छ ।
एमालेले जिल्लाबाट यही वैशाख ५ गतेसम्म सिफारिस गर्नु पर्ने समयसिमा तोकेको छ भने अन्य पार्टीको समेत यही समयतिर सिफरिस गर्ने समयावधि हुनेछ । निर्वाचन आयोगले वैशाख ११ र १२ गते स्थानीय निकायमा उम्मेदवारी दिने समय तोकेको छ । वैशाख १७ गतेसम्म निर्वाचन उम्मेदवारी प्रकृया पुरा भई अन्तिम नामावली प्रकाशन हुनेछ ।
पार्टीको पालिका कमिटीले जनप्रतिनिधिहरुको नाम सिफारिस गरेर जिल्लामा पाउने प्रावधान रहेको छ ।
गोदावरीमा एमालेका तर्फबाट उपमेयरमा गौरी अधिकारी,अन्नपूर्ण बस्नेत र रमी प्रधानांग रहेका छन् ।
वडाध्यक्षहरु वालमुकुन्द आचार्य र भाष्कर आचार्यले पनि मेयर पदमा आफूहरु समेत योग्य रहेको बताउने गरेका छन् ।

 

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ८ : ५५ बजे