२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सबैभन्दा अग्लो ‘भ्यु टावर’ उद्घाटन गर्दै ओली



१५ चैत ०७८, काठमाडौं । आज नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलेकाठमाडौंको धरहरा पछिको सबैभन्दा ठूलो भनिएको भ्यु–टावरको उद्घाटन गर्दैछन् ।तिलोत्तमा नगरपालिका(२ स्थित बनवाटिकामा निर्माण गरिएको १ सय ३४ फिट अग्लो १० तले भ्यु टावरको उद्घाटन पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले आज गर्ने भएका हुन् ।

लिफ्टसहितको सुविधा भएको भ्यु टावरभित्र रेष्टुरेन्ट, विश्रामस्थल, डिपार्टमेन्टल स्टोर, पुस्तकालय, शौचालय, वातानुकल कार्यालयसहितको सुविधा सम्पन्न रहेको नगरपालिकाले जनाएको छ । सो भ्यु टावरवाट भारतको गोरखपुरसम्म देख्न सकिने छ ।कपिलवस्तुका स्वतन्त्र सांसद बृजेशकुमार गुप्तालगायतलाई पार्टी प्रवेश गराउन सोमबार कपिलवस्तु पुगेका एमाले अध्यक्ष ओली आज दिनभर रुपन्देहीमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  १० : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।