
१५ चैत ०७८, काठमाडौं । विवेकशील साझा पार्टीको दुई पक्षबीच विवाद बढ्दै गएपछि बखुन्डोलस्थित केन्द्रीय कार्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । मंगलबार पार्टी कार्यालयमा दुई पक्षको विवाद उत्कर्षमा पुगेपछि कार्यालय बन्द गरिएको हो ।
पार्टी कार्यालयमा संगठन विभाग प्रमुख निर्देश सिलवाल नेतृत्वको असन्तुष्ट समूहले पत्रकार सम्मेलन गर्न लागेको अवस्थामा अर्को पक्षले अवरोध गरेको थियो । सोमबार असन्तुष्ट पक्षले अध्यक्ष रवीन्द्र मिश्रलाई किन कारबाही नगर्ने भन्दै तीनदिने स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोबारे जानकारी दिनका लागि आयोजित पत्रकार सम्मेलन विवादपछि भाँडिएको हो ।







प्रतिक्रिया