३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बखुन्डोलस्थित विवेकशील साझाकाे केन्द्रीय कार्यालय अनिश्चितकालका लागि बन्द



१५ चैत ०७८, काठमाडौं ।  विवेकशील साझा पार्टीको दुई पक्षबीच विवाद बढ्दै गएपछि बखुन्डोलस्थित केन्द्रीय कार्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । मंगलबार पार्टी कार्यालयमा दुई पक्षको विवाद उत्कर्षमा पुगेपछि कार्यालय बन्द गरिएको हो ।

पार्टी कार्यालयमा संगठन विभाग प्रमुख निर्देश सिलवाल नेतृत्वको असन्तुष्ट समूहले पत्रकार सम्मेलन गर्न लागेको अवस्थामा अर्को पक्षले अवरोध गरेको थियो । सोमबार असन्तुष्ट पक्षले अध्यक्ष रवीन्द्र मिश्रलाई किन कारबाही नगर्ने भन्दै तीनदिने स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोबारे जानकारी दिनका लागि आयोजित पत्रकार सम्मेलन विवादपछि भाँडिएको हो ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ५ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।