९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


मणिराज बाङमय पुरस्कार चन्द र भट्टराईलाई प्रदान




१६ चैत्र ०७८, काठमाडौं । नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी कैलालीले विभिन्न विधाका सहित्यकारलाई पुरस्कृत तथा अभिनन्दन गरेको छ ।प्रतिष्ठानले मंगलबार काठमाडौमा आयोजना गरेको विविध पुरस्कार एवम अभिनन्दन कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दको ८४ औँ वसन्त प्रवेशको अवसरमा अभिनन्दन तथा पुस्कार वितरण गरिएको हो । प्रतिष्ठानका अध्यक्ष पदमराज जोशीले कोरोना संक्रमणका कारण विगत वर्षमा राकिएको सम्मान कार्यक्रम यस वर्ष गरिएको बताए ।

प्रतिष्ठानले २०७५ सालको १ लाख रुपैयाँ राशीको मणिराज बाङमय पुरस्कार पूर्वप्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार चन्द र २०७६ सालको सोही पुरस्कार साहित्यकार डा. तुलसी भट्टराईलाई प्रदान गरेको छ ।प्रतिभा पुरस्कार दीपकप्रकाश बास्कोटालाई प्रदान गरिएको छ । स्वामी खप्तड स्वामी सत्चितानन्द सरस्वती पुरस्कार सहित्कार भरतराज पौडेललाई प्रदान गरिएको छ । प्रतिष्ठानले शास्त्री देवराज आचार्य पुस्कार २०७६ प्राडा रामचन्द्र भट्ट र खडगबहादुर प्रतिभा पुरस्कार लक्कीबहादुर चौधरीलाई प्रदान गरिएको छ । सो अवसरमा पूर्वप्रधानमन्त्री चन्दले डा तुलसी भट्टराईद्वारा लिखित ‘सुनेको चीन देखेपछि’ नामक यात्रा बृत्तान्त पुस्तक समेत लोकार्पण गरे ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ७ : ५२ बजे