२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पार्टीका स्थानीय तह अध्यक्षहरूलाई आज ओलीले सम्बोधन गर्दै



१६ चैत्र ०७८, काठमाडौं । आज प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका स्थानीय तह अध्यक्षहरूलाई सम्बोधन गर्ने भएका छन् । दिउँसो २ बजे भर्चुअल माध्यमबाट ओलीले सम्बोधन गर्ने भएका हुन् । उनले स्थानीय तह निर्वाचनमा पार्टीलाई पहिलो बनाउनेगरी खट्न निर्देशन दिनेछन् ।

कांग्रेस नेतृत्वमा रहेको पाँच दलीय गठबन्धन निर्वाचनसम्म जाने निश्चित भएको भोलिपल्ट ओलीले पार्टीको स्थानीय तह अध्यक्षहरूलाई निर्देशन दिन लागेका हुन् । गत साता सम्पन्न केन्द्रीय कमिटी बैठकमा ओलीले एमालेको पाखुरा देखेर कांग्रेस सभापति शेरबहादुर देउवा डराएको भन्दै जति नै दलको गठबन्धन बने पनि निर्वाचनमा पराजित गर्ने दाबी गरेका थिए । तर, ओली गठबन्धनप्रति आक्रोशित छन् । उनले पाँच दलीय गठबन्धनलाई ‘मागीखानेहरू’को गठबन्धन भन्दै आएका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ८ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।