१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


देशमा कम्युनिस्ट पार्टीहरू रक्षात्मक अवस्थामा पुगेको आङ्देम्बेको टिप्पणी



१६ चैत्र ०७८, काठमाडौं । देशमा कम्युनिस्ट पार्टीहरू रक्षात्मक अवस्थामा पुगेको नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले टिप्पणी गरेका छन् ।नेकपा विभाजनपछि छिन्नभिन्न हुँदा रक्षात्मक अवस्थामा पुगेको उनको भनाइ छ ।नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चालाई लक्षित गर्दै आङ्देम्बेले रक्षात्मक अवस्थामा पुग्दा केही कम्युनिस्ट पार्टीलाई कांग्रेसले संरक्षण गर्नुपरेको बताए ।

उनका अनुसार कांग्रेस फेरि एकपटक सर्वाधिक बलियो पार्टी हुने स्थिति पनि आएको छ ।‘घरघर जाऔँ, कांग्रेसलाई जिताऔँ भन्ने अभियान लिएर जनताको घरघर जाँदा कम्युनिस्टहरू रक्षात्मक अवस्थामा देखियो र अब नेपाली कांग्रेस फेरि एकचोटी सर्वाधिक बलियो पार्टी हुने स्थिति आएको बताए । उनले संवैधानिक मुल्य मान्यता र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षासँगै देशको विकास कांग्रेसले मात्र गर्न सक्ने पनि बताए ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  १० : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।