९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


सुन्दरीजल टिपर दुर्घटना : दिदीबहिनीको शव १० घण्टापछि उठ्यो, टिपर कम्पनीले ४५ लाख दिने




१६ चैत ०७८, काठमाडौं । बुधबार सुन्दरीजलमा टिपरको ठक्करबाट ज्यान गुमाएका दुई बालिकाको शव १० घण्टापछि उठाइएको छ । आज बिहान गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजलमा टिपरको ठक्करबाट २ बालिका दिदी बहिनीको ज्यान गएको थियो ।
दिउँसो स्थानीय प्रशासनको रोहवरमा आफन्त र टिपर कम्पनीसँगको छलफलपछि शव उठाइएको हो । टिपर कम्पनीले मृतकका परिवारलाई ४५ लाख रुपैयाँ दिने सहमति भएको छ । त्यस्तै घाइतेको उपचार पनि टिपर कम्पनीले नै गर्ने सहमति भएको हो ।
सहमतिपछि दुवै बालिका दिदीबहिनीको शव आफन्तले बुझेर लगेको गोकर्णेश्वर नगरपालिका १ का वडाध्यक्ष राम मानन्धरले जानकारी दिए ।


ठक्कर दिने टिपर कम्पनी सुन्दरी माई वासिङले ४५ लाख रुपैयाँ क्षतिपूर्ति र घाइते रोहन तामाङको उपचार गर्ने सहमति गरेका हुन् ।
त्यस्तै, गोकर्णेश्वर नगरपालिकाले पीडित परिवारका एक जनालाई नगरपालिकामा रोजगारी दिने र नगरपालिकाबाट समेत केही रकम उपलब्ध गराउने सहमति भएको छ । सहमतिपछि पीडित परिवारले दुवै जनाको शव बुझेर लगेका हुन् ।
आज बिहान ८ बजेतिर बुबा रोहन तामाङसँग मोटरसाइकलमा जाँदै गरेका ८ वर्षीया सृष्टि र ४ वर्षीया श्रेयाको टिपरको ठक्करबाट ज्यान गएको थियो । स्थानीय वर्ल्ड यूथ इन्टरनेसनल स्कुलमा सृष्टि २ मा र श्रेया नर्सरीमा पढ्ने दुवै जनाको घटनास्थलमै ज्यान गएको थियो ।
मेलम्ची चोक नजिकै ब्याक गर्दै गरेको बा४ख ६९६५ नम्बरको टिपरले उनीहरूलाई किचेको थियो। गम्भीर घाइते रोहनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ।
घटनापछि आक्रोशित स्थानीय र आफन्तले टिपरमा आगजनी गरेका थिए । मेलम्ची चोकको स्थानीयले प्रदर्शन समेत गरेका थिए । स्थिति नियन्त्रणमा लिन बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । न्युज कारखाना

 

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ९ : ४३ बजे