२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अध्यक्षसहित चार वडा सदस्य कारबाहीमा



१८ चैत्र ०७८, काठमाडौं । नेकपा एमाले पार्टी परित्याग गर्ने चार जनप्रतिनिधि कारबाहीमा परेका छन् ।एक गाउँपालिका अध्यक्ष र तीन वडा सदस्यलाई एमालेले कारबाही गरेर पार्टीबाट निष्कासनको निर्णय गरेको हो ।बलेफी गाउँपालिका, सिन्धुपाल्चोका अध्यक्ष केदार खत्री क्षेत्रीलाई पार्टीबाट निष्काशन गरेको एमालेले तीन वडा सदस्यलाई पनि कारबाही गरेको छ ।

खत्री गत २४ फागुनमा एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका थिए ।तुलसीपुर उपमहानगरपालिका–१५ का वडा सदस्य जानुका रेग्मी, वडा४ की वडा सदस्य डिला परियार, वडा–७ का दीपक कुमाललाई साधरण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको एमालेले जनाएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  १० : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।