
१८ चैत्र ०७८, काठमाडौं । नेकपा एमाले पार्टी परित्याग गर्ने चार जनप्रतिनिधि कारबाहीमा परेका छन् ।एक गाउँपालिका अध्यक्ष र तीन वडा सदस्यलाई एमालेले कारबाही गरेर पार्टीबाट निष्कासनको निर्णय गरेको हो ।बलेफी गाउँपालिका, सिन्धुपाल्चोका अध्यक्ष केदार खत्री क्षेत्रीलाई पार्टीबाट निष्काशन गरेको एमालेले तीन वडा सदस्यलाई पनि कारबाही गरेको छ ।
खत्री गत २४ फागुनमा एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका थिए ।तुलसीपुर उपमहानगरपालिका–१५ का वडा सदस्य जानुका रेग्मी, वडा४ की वडा सदस्य डिला परियार, वडा–७ का दीपक कुमाललाई साधरण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको एमालेले जनाएको छ ।







प्रतिक्रिया