
१८ चैत्र ०७८, काठमाडौं । पाल्पामा १२ बर्षीया बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । तिनाउ गाउँपालिका–१ कचल बस्ने ४८ वर्षीय कोशलबहादुर हिस्कीलाई पक्राउ गरेको प्रहरीले जनाउको छ ।
चैत्र १७ गते बालिका बलात्कार गरेको उजुरी परेलगत्तै दोभान प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले हिस्कीलाई पक्राउ गरेको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।







प्रतिक्रिया