४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु




१८ चैत्र ०७८, काठमाडौं । मोरङको विराटनगर महानगरपालिका–१४ मा गएराती सवारी साधनको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङकै विराटनगर महानगरपालिका–९ का ४२ वर्षीय पुष्पराज देउजा रहेका छन् ।

गम्भीर घाइते भएका देउजाको उपचारको क्रममा विराटनगर स्थित कोशी अस्पतालमा शुक्रबार बिहान पौने ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।हाल नम्बर नखुलेको सवारी साधनले गएराती १२ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो । दुर्घटना लगत्तै सवारी साधन सहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय रानी मोरङले जनाएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ११ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।