४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


भ्यानको ठक्करबाट एक शिक्षकको मृत्यु



चैत १९ गते काठमाडौं ।  आज बिहान झापामा भ्यानको ठक्करबाट एक शिक्षकको मृत्यु भएको र एक जना घाइते भएका छन् । झापाको अर्जुनधारा नगरपालिका पुष्पलाल चोकनजिकै सडकमा मर्निङवाक गरिरहेका अर्जुनधारा–६ बस्ने ५३ वर्षीय कृष्णप्रसाद निरौलाको सवारीको ठक्करका कारण घटनास्थलमै मृत्यु प्रहरीले जनाएको छ ।

मृतक निरौला दुर्गा माध्यमिक विद्यालय गरामनीका शिक्षक हुन । प्र १–०१–००१ च ५१०७ नम्बरको पिकअप भ्यानले उनलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिर्तामोड–५ बस्ने ४५ वर्षका अर्जुन उप्रेती घाइते भएका छन् । उनलाई उपचारका लागि बी एन्डी सी अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ७ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।