१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


कलाकारद्वारा मेलाम्ची बाढिपिडित बस्ती निर्माणका लागि सहयोग रकम हस्तान्तरण




१८ चैत्र ०७८,काठमाडौं । नेपाली कलाकारहरुले स्थापना गरेको ‘सिन्धु सहयोग कोष’ मार्फत मेलाम्ची बाढिपिडित बस्ति निर्माणका लागि संकलित रकम(कोष) हस्तान्तरण गरिएको छ । प्राकृतिक प्रकोपबाट पीडित भएकाहरुलाइ एकीकृत बस्ति निर्माण गर्नको लागि कलाकारहरु द्वारा स्थापना गरिएको कोष मार्फत मेलाम्ची बाढिपिडित एकीकृत बस्ति निर्माण समितिलाइ रु नौ लाख नौ हजार एक सय अट्सठि कलाकारद्वारा संचालित ‘सिन्धु सहयोग कोष’ का संयोजक बरिष्ठ अभिनेता कृष्ण मल्लले समितिका अध्यक्ष कृष्ण थापालाइ हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा कोषका संयोजक कृष्ण मल्ल, बागमती प्रदेश सभा सदस्य माननीय युबराज दुलाल ’शरद’,चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, चलचित्र द्वन्द कलाकार संघका अध्यक्ष नारायण प्रधान, बरिष्ठ कलाकार मदनदाश श्रेष्ठ, बरिष्ठ समाजसेवी शोभित उप्रेती, बरिष्ठ अभिनेत्रीहरु भुवन चन्द, बसुन्धरा भुसाल, चैत्यदेबी, चलचित्र कलाकार संघका उपाध्यक्ष द्वय मोहन निरौला, सानु ताम्राकार महासचिब चेत बहादुर सिंह ’राजा’ प्रेस सल्लाहकार सुर्य चन्द, सदस्य धर्मेन्द्र आचार्य, नेपाल फिल्म सोसाइटिका महासचिब राजेश बिसुराल, बरिष्ठ अभिनेता पुरन जोशी, बरिष्ट चलचित्रकर्मी तथा संचारकर्मी सम्झना रौनियार, मेलाम्ची नगरपालिकाका नगर प्रमुख डम्बर बहादुर अर्याल लगायतको उपस्थिति रहेको थियो।
विविध कारण्ले रकम हस्तान्तरण ढिलाई भए पनि रकमलाइ एकीकृत बस्ती निर्माणको लागि नै दिन पाउँदा खुसि लागेको संयोजक कृष्ण मल्लले जानकारी बताए । कार्यक्रममा सहयोग गर्ने सहयोगी संघ संस्था, दाताहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।
कोषको सह संयोजकमा अभिनेत्री करिश्मा मानन्धर रहेकी छिन् भने कोषको सदस्य सचिवमा कृष्ण ढुंगाना, कोषाध्यक्षमा जीतु नेपाल, सह कोषाध्यक्षमा चेतन सापकोटा तथा सदस्यहरुमाझ अभिनेत्री श्वेता खड्का, गायिका सुनिता दुलाल, अभिनेत्री पूजा शर्मा तथा अभिनेता भुवन केसी रहेका थिए ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ७ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।