४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मित्रता कायम गर्न लम्पसार नै हुनुपर्छ भन्दै प्रधानमन्त्रीलाई लोहनीको प्रश्न



चैत १९ गते काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको पूर्वपरराष्ट्रमन्त्री तथा राप्रपा नेता डा.प्रकाशचन्द्र लोहनीले आलोचना गरेका छन् । उनले प्रधानमन्त्री देउवा भारतमा भारतीय जनता पार्टी र सोही पार्टीको सरकारसामु ‘लम्पसार’ भए‘को टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री देउवाले पदीय मर्यादासमेत नराखेको लोहनीको आरोप छ ।प्रधानमन्त्री देउवा शुक्रबार भारतको तीन दिने औपचारिक भ्रमणमा गएका हुन् । उनले त्यहाँ विपक्षी दलको नेतासँग नभेटेको र भारतीय जनता पार्टीको कार्यालयमै गएर उक्त पार्टीका नेतासँग भेटेको भन्दै पूर्वपरराष्ट्रमन्त्रीदेखि परराष्ट्र मामिलाका जानकारहरूले देउवाको आलोचना गर्दै आएका छन् ।

आज सामाजिक सञ्जाल ट्वीटरमा डा.लोहनीले लेखेका छन्, ‘सम्मानीय प्र.म.देउवाले भारतमा दुईटा नयाँ कुरा गरिसक्नुभयो । पहिलो, उहाँले प्रतिपक्षी नेतासँग भेट्नु भएन । दोस्रो उहाँले बिजेपी नेतासँग भेट्न पार्टी अफिसमै जानुभयो । मेरो प्रश्न के मित्रता कायम गर्न ‘लम्पसार’ नै हुनुपर्छ र ? ‘आफ्नो मर्यादा आफैंले राख्ने कि नराख्ने ? लोहनीले अर्को प्रश्न गरेका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ९ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।