१८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ट्याङ्करमा मोटरसाइकल ठोकिदा झापामा चालकको मृत्यु



प्रतिकात्मक तस्बिर

२० चैत ०७८, काठमाडौं । झापाको गौरादह नगरपालिका–१ मा शनिबार बेलुकी रोकिराखेको ट्याङ्करमा मोटरसाइकल ठोकिदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।मृत्यु हुनेमा मोटरसाइकल चालक झापाकै गौरादह नगरपालिका–९ का ३६ वर्षीय राम सोरेन रहेका छन् ।

बिग्रीएर सडक छेउमा रोकिराखेको को १ ख २४७९ नम्बरको ट्याङ्करमा सोरेनले चलाएको मे २ प ३९१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर ठोकिएको थियो । हिजो बेलुकी सवा ७ बजे भएको सवारी दुर्घटनामा संलग्न दुवै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । ट्याङकर चालक फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  १२ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।