१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु



२१ चैत ०७८, काठमाडौं । काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । स्युचाटार पुल नजिक मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आइतबार साँझ तीव्र गतिमा चलाएको मोटरसाइकल पौने ६ बजे डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो ।

शवलाई पोष्टमार्टमको लागि हाराजगंजस्थित त्रि.वि शिक्षण अस्पतालमा राखिएको छ ।बागमति प्रदेश ०२–०२१ प ६३३१ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा नुवाकोटको कुमारी १ घर भई हाल थानकोट बस्ने अन्दाजी २२ वर्षीया लक्ष्मी दर्नालको मृत्यु भएको हो ।गम्भीर घाइते भएकी उनको उपचारको क्रममा कलंकीस्थित नेपाल नेशनल अस्पतालमा गएराति साढे १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ९ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।