११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


भैरहवा सेजमा माग भन्दा धेरैले दिए आवेदन



२१ चैत ०७८, काठमाडौं । रुपन्देहीको भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा मागभन्दा बढीले आवेदन दिएका छन् ।केही वर्षदेखि खाली रहेका सेजको प्लटका लागि प्राधिकरणले प्रस्ताव आह्वान गरेको थियो । ४५ प्लटमा उद्योग सञ्चालनका लागि १५ फागुनदेखि प्रस्ताव आह्वान गरिएकोमा ५५ वटा प्लटका लागि आवेदन आएको छ ।सेजमा सात उद्योग सञ्चालनमा छन् । ५५ उद्योगले ७ अर्ब बराबरको लगानी र करिब २२ हजार जनालाई रोजगारी दिने प्रस्तावसहित आवेदन दिएका हुन् । हाल आवेदनमा परेका उद्योगले सेजमा उत्पादन गर्दा वार्षिक १० अर्बको हुने अनुमान छ । निवेदनमध्ये ४५ वटा उद्योगले मात्रै लगानी र निकासीको अवस्थालाई हेरेर अनुमति पाउनेछन्।

सेज प्राधिकरणका कार्यकारी निर्देशक चण्डिका भट्टले मागभन्दा बढी उद्योगीले अहिले उद्योग स्थापनाका लागि चासो दिएको बताए । अहिले प्रावधान सहज बनाएकोले उद्योगीको आकर्षण बढेको उनको दाबी छ ।६८ वटा प्लटमध्ये खाली प्लटका लागि आवेदन माग गरेकोमा आह्वान भन्दा बढीले प्रस्ताव आवेदन दिएका छन । प्रावधान संशोधन हुने तयारी भएपछि सेजमा उद्योगीको आर्कषण बढेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले बताए । भाडादर, निर्यात सिलिङ लगायत विषयमा संशोधन गर्ने तयारी र भाडामा लिने व्यवसायीले पहिलो वर्ष भाडामा ५० प्रतिशत छुट पाउने भएपछि आकर्षण बढेको हो ।निर्यातलाई बढाई व्यापार घाटा कम गर्ने उद्देश्यका साथ संचालनमा ल्याइएको विशेष आर्थिक क्षेत्र ९सेज० अनुसार अहिले माग भएर आएका आवेदनमा १ अर्ब २५ करोड लगानी गर्ने प्रस्ताव बिएण्डपी म्यानुफ्याक्चरिङले गरेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  १० : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।