२२ चैत्र ०७८, चापागाँउ । ललितपुरको चापागाँउ टाहाखेलमा आयोजना हुने पहिलो गोदावरी कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सवमा कलाकारहरुको बेजोड प्रस्तुती रहने भएको छ । मेला व्यवस्थापक सुवास महतका अनुसार यही चैत्र २५ गतेबाट आयोजना हुने मेलामा हरेक दिन कलाकारहरुको प्रस्तुती रहनेछ ।
उनले भने’ ‘हरेक दिन साँझ राष्ट्रिय स्थरका कलाकारको प्रस्तुती रहनेछ ।’
कलाकारहरु जितु नेपाल,राजा राजेन्द्र,कृष्ण भक्त महर्जन,गायक प्रमोद खरेल,शिव परियार,ज्योति मगर, बद्री पंगेनी लगायतले प्रस्तुती दिने महतले बताए ।
चापागाँउको टाहाखेलस्थित रंगशालामा आयोजना हुने मेलाको स्टल निर्माण सुरु भएको छ । मेलामा कृषि, पर्यटनका विभिन्न स्टलसँगै वाल उद्यान विभिन्न रहनेछ ।
मेलामा टिकटक प्रतिश्पर्धा,ललितपुर डान्स आइडल,विद्यालय स्तरिय नृत्य प्रतियोगिता,खैजडी,धिमे बाजा, पञ्चे बाजा झाँकी, फुड स्टलआदिको रहने महत बताए । उनले, भने मध्य ललितपुरमा पहिलो पल्ट हामीले मेला आयोजना गर्दैछौं । मेलालाई भव्य बनाउन हामी जुटिरहेका छौं ।
मेलामा जानका लागि अटोको व्यवस्था हुने महतले बताए । उनका अनुसार गोसाईकुण्ड जानकालागि हेलिकप्टरको समेत व्यवस्था गरिदैछ । उनले भने, ‘जीवनकालमा गोसाइकुण्ड हिडेर जाननसकेका बृद्ध बृद्धाहरुले बुकिङ गर्न सक्नु हुन्छ । चापागाँउबाटै गोसाईकुण्ड पु¥याएर हामी फकाईदिन्छौं ।’
गोदावरी नगरपालिकाको आयोजनामा हुन लागेको मेलाको सह आयोजक गोदावरी उद्योग वाणिज्य संघ रहेको छ ।
मेलाको संयोजन संगीतकर्मी संघ ललितपुरले गरेको छ भने सुरताल इभेन्टको व्यवस्थापनमा कार्यक्रम हुन्दैछ ।
२२ चैत्र २०७८, मंगलबार
0
Shares
प्रतिक्रिया