४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


रुसी सेनाले दोस्रो विश्वयुद्धपछिकै खराब अपराध गर्‍यो



२३ चैत्र ०७८, काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा खराब अपराध गरेको आरोप लगाएका छन् ।संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले सर्वसाधारणको हत्या भएको थियो र रूसी ट्यांकले मानिसहरूलाई ‘आनन्दको लागि’ कुचेको बताए ।बुचा सहरमा सडकमा लडिरहेका शवहरूको भयानक तस्बिरहरूको विश्वव्यापी निन्दा भएको छ ।

सुरक्षा परिषदमा भिडियो लिंकमार्फत आफ्नो भाषणपछि जेलेन्स्कीले मृत युक्रेनीहरूको तस्बिरहरूको ग्राफिक भिडियो देखाएका थिए । संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत भासिली नेबेन्जियाले रुसी सेनाले अत्याचार गरेको कुनै प्रमाण नभएको दाबी गरे ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  १० : ४३ बजे