२४ चैत्र ०७८,काठमाडौँ । सौन्दर्य प्रतियोगिता ‘ट्रेजमी मिस ग्लोबल इन्टरनेशनल नेपाल २०२२’ को आवेदन फारम खुल्ला गरिएको छ । काजी प्रोडक्सनले गर्न लागेको सौन्दर्य प्रतियोगिता आगामी २०७९ वैशाख ३ गते काठमाडौंमा हुनेछ ।
राजधानीको ठमेलस्थित टोटोज पबमा हुने प्रतियोगिताको ग्राण्ड अडिसनमा १६ वर्षदेखि ३० वर्षसम्म उमेर समूहका युवतीहरुले आवेदन फारम भरी अडिसनमा भाग लिन सक्नेछन ।
संस्थाका सिइओ सुशान्तकाजी श्रेष्ठले उपत्यका लगायत मोफसलका विभिन्न स्थानबाट व्यावसायिक मोडल बन्ने लक्ष्य लिएका युवतीहरु प्रतियोगितामा सहभागी हुन सक्ने बताए । ‘फेसन तथा मोडलिङ क्षेत्रमा प्रवेश गर्न चाहने युवतीहरुको शैक्षिक विकास, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, रोजगारीको अवसरसँगै उनीहरुको आन्तरिक क्षमता विकास गर्ने हाम्रो उद्देश्य हो’, श्रेष्ठले भने ।
प्रतियोगिताका विजेताले ‘मिस ग्लोबल इन्टरनेशनल नेपाल २०२२’ कोे ताजसहित अन्तर्राष्ट्रियस्तरमा नेपाललाई प्रतिनिधित्व गर्ने अवसरसँगै विभिन्न उपहार पाउनेछन् ।
प्रतिक्रिया