३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगद्वारा आचारसंहिता लागु



कान्तिपथस्थित निर्वाचनको कार्यालय ।

२६ चैत्र ०७८, काठमाडौं । आगामी ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता लागु गरिसकेको छ । तर सर्वोच्च अदालतले भने अझै निर्णय दिन सकेको छैन । भंगाहा, महोत्तरीका मेयर मेयर सन्जिवकुमार सिंहले स्थाथनीय तहका प्रतिनिधिले पाँच बर्षसम्म कार्यकाल बिताउन पाउनु पर्ने भन्दै दायर रिटमा अदालतले अझै फैसाला दिएको छैन ।

उनले पुरै पाँच बर्ष कार्यकाल बिताउन नपाएको भन्दै दिएको रिटको पेशी २ बैशाखमा तोकिएको छ । सो रिटमा अन्तरिम आदेश नदिए पछि २ वैशाखमा निर्वाचन आयोगलगायत दुवै पक्षलाई सर्वोच्च अदालतमा हाजिर हुन बोलाएको छ । जुन रिटका कारण स्थानीय तहको निर्वाचन ३० बैैशाखमा नहुने हो कि भन्ने आशंका ब्याप्त रहेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  १ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।