९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


गोदावरी नगरपालिकामा एमालेबाट ८ जना मेयरका उम्मेदवार र ६ जना उपमेयर सिफारिस




२७ चैत्र ०७८,ललितपुर । स्थानीय निर्वाचनका लागि ललितपुरको गोदावरी नगर कमिटीले ८ जना मेयर र ६ जना उपमेयरको नाम जिल्ला कमिटीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
नगर कमिटी अध्यक्ष प्रभाकर थापाका अनुसार सिफरिस हुनेहरुमा प्रदेश सांसद समेत रहेका चेतनाथ सञ्जेल, गोदावरी सहइन्चार्ज गम्भीर राना, गोदावरी इन्चार्ज ब्रह्मानन्द श्रेष्ठ,प्रदेश कमिटि सदस्य मिठाराम केसी, जिल्ला कमिटि सदस्य चरसुन्दर महर्जन, प्रदेश कमिटि सदस्य रघुनाथ महर्जन, पार्टी नगर कमिटि अध्यक्ष प्रभाकर थापा तथा स्थानीय नेता चित्रराज तिमल्सिना रहेका छन् ।
उपमेयरका लागि भने ८ जनाको नाम सिफारिस भएको छ ।
उपमेयरको सिफरिस हुनेहरुमा अनेमसंकी जिल्ला अध्यक्ष अन्नपूर्ण बस्नेत, जिल्ला कमिटी सदस्य प्रेमदेवी देशार, अनेमसंकी गोदावरी अध्यक्ष गौरी अधिकारी केसी, अनेमसं नगर कमिटि उपाध्यक्ष सबिना महर्जन नगर कमिटि सहसचिव रमी प्रधानाङ्ग र नगर सचिवालय सदस्य संगीता नापित छन् ।
नगर कमिटी अध्यक्ष थापाका अनुसार जिल्ला कमिटीले नाम छाँटकाँट गरेर प्रदेशलाई सिफरिस गर्ने र प्रदेशले उम्मेदवार उठाउने बताए । उनले भने,‘बैशाखको पहिलो हप्तासम्म उम्मेदवार छनौंट गर्ने योजना छ ।’
एक नेताका अनुसार ललितपुर एमालेभित्र प्रदेश सासंद चेतनाथ सञ्जेल र नेता गम्भिर रानाबीच मेयरको उम्मेदवारीका लागि हानथाप परेको छ ।
सासंद सञ्जेल आफू उम्मेदवार भए मात्र गोदावरीको मेयर पद जित्न सक्ने दावी गर्दै आएका छन् भने पार्टीले हुँदाखाँदाको प्रदेश सासंद खाली गराएर अर्को मेयर खोज्न तर्फ पार्टी लाग्न नहुने रानाको तर्क रहेको छ ।
सांसद सञ्जेलले नगरपालिकामा उम्मेदवारी दिनका लागि प्रदेश सासंदमा राजीनामा गर्नु पर्ने हुन्छ । प्रदेश सासंद खाली भएको खण्डमा निर्वाचन गराउनु पर्छ । त्यो झण्झट पार्टीले गर्न नहुने कार्यकर्ता पंक्तिमा चर्को दवाव छ । तर देशभरका मेयर पदमा सासंददेखि मन्त्री भइसकेकाहरुको आकाक्षा देखिएको छ ।

 

 

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ७ : २८ बजे