९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


दक्षिण ललितपुरको माहाँकालमा एमालेबाट ८ जना अध्यक्षको आकाक्षी




२८ चैत्र ०७८, ललितपुर । आसन्न स्थानीय निर्वाचनमा नेकपा एमालेबाट दक्षिण ललितपुरको माहाँकाल गाँउपालिकाबाट ८ जना अध्यक्षको दावी प्रस्तुत गरिएको छ । गाँउपालिकाका अध्यक्ष रामचन्द्र दाहालका अनुसार यस पालिकाबाट गाँउ कमिटीको बैठकमा ३ जना उपध्यक्षमा आकाक्षी रहेका छन् ।
अध्यक्षमा आकाक्षा राख्नेहरुमा हालका गाँउपालिका प्रमुख रामचन्द्र दाहाल,उपप्रमुख कमला तामाङ, जिल्ला कमिटी सदस्य श्याम बजगाई, पालिका कमिटी अध्यक्ष पुरुषोत्तम हुमागाई,सुमन तामाङ,नवराज महत,राजकुमार घलान,रामकृष्ण आचार्य रहेको पालिका अध्यक्ष दाहालले बताए । उनीहरुको नाम नेकपा एमालेको गाँउ कमिटीबाट सिफारिस गरेर जिल्ला कमिटीमा पठाइएको छ ।
उपाध्यक्षहरुमा गोमा घिमिरे बजगाई,पुरुषेत्तम बजगाई र सिता दाहालको नाम सिफारिस गरिएको छ ।
जिल्ला कमिटीमा आएका नामहरुलाई छलफलपछि प्रदेश कमिटीमा पठाउने र त्यहीबाट उम्मेदवार छनौट हुन्छन् ।
निर्वाचन आयोगले वैशाख ११ र १२ गते स्थानीय निकायका उम्मेदवारहरुको उम्मेदवारी दर्ताको मिती तोकेको छ । वैशाख १७ गते निर्वाचन प्रकृया सकिएसँगै अन्तिम नामावली प्रकाशन हुन्छ । १० दिन निर्वाचन प्रचार प्रसारपछि मौन अवधि सुरु हुन्छ भने देशभर वैशाख ३० गते स्थानीय निकायको निर्वाचन हुनेछ । गत निर्वाचनमा महाकाल गाँउपालिकाको प्रमुख उपप्रमुख सहित ४ वटा वडामा नेकपा एमालेले जितेको थियो ।

 

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ९ : २६ बजे