९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


निर्देशक राजकुमार हिरानी र अभिनेता शाहरुख खानको प्रोजेक्ट सुरु हुने



२८ चैत ०७८, काठमाडौ । निर्देशक राजकुमार हिरानी र अभिनेता शाहरुख खानको प्रोजेक्ट सुरु हुने भएको छ । भारतीय मिडियाले फिल्मको छायांकन १५ अप्रिलबाट सुरु हुने जनाएका छन् । इमिग्रेसनको विषयवस्तुमा केन्द्रित फिल्मको पहिलो सेड्युल ४० दिनको राखिएको छ । शाहरुखले हालै ‘पठान’ को छायांकन सकाएका छन् । अब उनले हिरानीको फिल्म सुरु गर्दैछन् । पन्जाबको सेटअपमा छायांकन हुने फिल्मका लागि मुम्बईस्थित फिल्म सिटीमा भव्य सेट तयार गरिएको छ ।

सोसल कमेडी फिल्मका लागि शाहरुख तयार भएका छन् । केही समययता फिल्ममा सफलता हात पार्न नसकेका शाहरुखलाई हिरानी निर्देशित फिल्म गर्न उनका फ्यानहरुले समेत सामाजिक सञ्जालमा आग्रह गर्ने गरेका छन् । शाहरुख पछिल्लो समय आफ्नो पठान लुक्सका कारण चर्चामा छन् । पछिल्लो फिल्म ‘जिरो’ को असफलतापश्चात उनले फिल्मबाट केही समय ब्रेक लिएका थिए । यद्यपि अब उनी ‘ब्याक टु ब्याक’ काममा व्यस्त भइरहेका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  १ : २७ बजे