३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आयोगले निर्वाचन अधिकृतहरुलाई आजदेखि अभिमुखीकरण तालिम दिदै



२९ चैत ०७८, काठमाडौँ । आजदेखि निर्वाचन आयोगले निर्वाचन अधिकृतहरुलाई अभिमुखीकरण तालिम सञ्चालन गर्दैछ।आयोगले वैशाख ३ गतेसम्म सात वटै प्रदेशको ८ स्थानमा स्थानीय तह निर्वाचनमा खटिने ७५३ जना निर्वाचन अधिकृत र ७७ जिल्ला निर्वाचन कार्यालयका प्रमुखका लागि तालिम दिन लागेको हो।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनसम्बन्धी गतिविधि र सूचनाको सहजरूपमा जानकारी दिन २०७९ वैशाख १ गतेदेखि हरेक दिन ‘स्थानीय तह निर्वाचन बुलेटिन’ प्रकाशन गर्ने जनाएको छ। त्यस्तै अभिमुखीकरण कार्यक्रमका लागि प्रदेश १ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, गण्डकी प्रदेशमा आयुक्त सगुन शमशेर जवरा र कर्णाली प्रदेशका लागि आयुक्त जानकीकुमारी तुलाधर सहभागी हुने आयोगले जनाएको छ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ८ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।