३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कांग्रेस नेता प्रकाशमान सिंहले बुबा गणेशमानको इतिहास सकाए



२९ चैत ०७८, काठमाडौँ । गठबन्धन गरेर चुनावमा जाने नेपाली कांग्रेसको निर्णयप्रति नेकपा एमाले नेतृ तथा पूर्वराष्ट्रियसभा सदस्य कोमल वलीले चिन्ता व्यक्त गर्नु भएको छ ।
आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उहाँले नेकपा माओवादी र एकीकृत समाजवादी पार्टीसँग तालमेल गरेर कांग्रेसले आसन्न स्थानीय चुनावमा प्रतिस्पर्धा गर्ने भएपछि एमाले नेतृ वलीले चिन्ता व्यक्त गर्नु भएको हो । कांग्रेस नेता प्रकाशमान सिंहले बुबा गणेशमानको इतिहास सकाएको उहाँको दाबी छ । उहाँले रामचन्द्र पौडेल र कृष्ण सिटौलाले आफ्नो क्षेत्रमा जित्नलाई गठबन्धनलाई जोड्दा कांग्रेसलाई धेरै ठूलो घात गरेको जिकिर गर्नु भएको छ ।

उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ, देउवाले गठबन्धनलाई सत्तासँग जोडे । उनका विगतका आलोचकहरू प्रकाशमान सिंहले आफ्नो श्रीमतीलाई मेयर बनाउनेमा जोडे । र, आफ्नो बाको इतिहास सक्काए । रामचन्द्र पौडेल र कृष्ण सिटौलाले आफ्नो क्षेत्रमा जित्नलाई गठबन्धनसित जोडे र कांग्रेसलाई धेरै ठूलो घात गरे,’ वलीले फेसबुकमा लेखेकी छन्, ‘कांग्रेसको जुन इतिहास हो यिनीहरूले कलंकित बनाए । कांग्रेसका लागि यो ठूलो लस हो । कांग्रेसको जुन इतिहास हो यिनीहरूले कलंकित बनाए । यो गठबन्धन कांग्रेसलाई ठूलो लस हो ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  १० : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।