९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


कोञ्ज्योसोममा स्थानीय निर्वाचनका लागि अध्यक्षमा लामाद्वय र सापकोटाको नाम सिफारिस




२९ चैत्र ०७८, ललितपुर । नेकपा एमाले कोञ्ज्योसोम गाँउपालिका कमिटीले आसन्न स्थानीय निर्वाचनका लागि ३ जनाको नाम सिफारिस गरेको छ । कमिटीले स्थानीय नेताहरु कृष्णमान लामा कविन्द्र लामा र कृष्ण सापकोटाको नाम सिफारिस गरेको हो ।
उपाध्यक्षतर्फ रमिता तामाङ, सपाना लामा,  सुमित्रा लामा र मिनु हुमागाईको नाम सिफारिसमा परेको छ ।
कोञ्ज्योसोमा गत स्थानीय निर्वाचनमा माओवादी केन्द्रका गोपिलाल सिंतान विजयी भएका थिए । माओवादीकै उपाध्यक्ष उम्मेदवार मिङ्मा लामा निर्वाचित भएकी थिइन् ।
कोञ्ज्योसोममा आफूहरु बलियो रहेको अवस्थामा नेपाली काँग्रेस एक्लै निर्वाचन लड्ने योजना रहेको नेपाली काँग्रेस कोञ्ज्योसोमका उपसभापति सुरेन्द्र घलानले बताए ।
नेपाली काँग्रेस र नेकपा एमाले एक्ला एक्लै निर्वाचन होमिएको अवस्थामा तिव्र प्रतिश्पर्धा हुने अवस्था आउने घलानले बताए ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  १० : ३९ बजे