५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विचार


युक्रेनमा महिलाविरुद्ध भइरहेका हिंसा छानविन गर्न राष्ट्रसंघको आह्वान



२९ चैत ०७८, काठमाडौँ । राष्ट्रसंघले युक्रेनमा महिलाविरुद्ध भइरहेका हिंसा छानविन गर्न आह्वान गरेको छ । युक्रेनमा रुसी हिंसा रोक्न तथा बालबालिकाहरुको रक्षा गर्न राष्ट्रसंघका उच्च अधिकारीहरूले आह्वान गरेका हुन् ।‘यो युद्ध अब रोकिनुपर्छ’ लैंगिक समानता र महिला सशक्तिकरणका लागि राष्ट्रसंघकी निर्देशक सिमा बाहोउसले सुरक्षा परिषदको बैठकमा भनिन् । युक्रेनमा रुसी सेनाले महिलालाई बलात्कार गरेका विवरणहरू सार्वजनिक भइरहेका बेला राष्ट्रसंघले महिलाहिंसा छानविनका लागि आह्वान गरेको हो । केही साताअघि एक रुसी सेनाले युक्रेनी पुरुषको हत्या गरेर उनकी श्रीमतिलाई बलात्कार गरेको समाचार सार्वजनिक भएको थियो ।

‘हामीले बलात्कार र यौन हिंसाका घटनाहरू बढ्दो रूपमा सुनिरहेका छौँ । न्याय र जवाफदेहिता सुनिश्चित गर्न यी आरोपहरूको स्वतन्त्र रूपमा छानबिन हुनुपर्छ ’, उनले भनिन् । युक्रेनी नागरिलाई रुसी सेनाले पाशविक व्यवहार गरेको हालै युद्धग्रस्त क्षेत्रको यात्रा गरेर फर्किएकी बाहौसले बताइन् । युद्धमा भएका हिंसा र गैर नागरिकको हत्या छानविन गर्न रुस सहमत हुन्छ वा हुँदैन भन्नेबारेमा प्रष्ट भइसकेको छैन् ।

रुसले सोमबार सुरक्षा परिषदका सदस्यहरूले लगाएका आरोपहरू फेरि अस्वीकार गरेको छ । रुसी हमलाको जोखिममा सबैभन्दा बढी बालबालिका र महिलाहरू परेको राष्ट्रसंघीय बाल कोष यूनिसेफले जनाएको छ । युद्धका कारण लाखौँ बालबालिकाहरू युक्रेनबाट आन्तरिक र बाह्य रूपमा विस्थापित भएका छन् । त्यस्तै, लाखौँ बालबालिका पर्याप्त खानाबाट बन्चित भएको पनि यूनिसेफको भनाई छ ।

 

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ११ : २४ बजे