४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


रुसी हमलाको ५० औँ दिनः पूर्वीयुक्रेनमा आक्रमण जारी



१ बैशाख ०७९, काठमाडौं । रुसी हमलाको ५० औं दिन रुसी सेनाले खार्किभ, दोनेत्स्क र जापोरिज्जिया क्षेत्र र नागरिक पूर्वाधारमा व्यवस्थित मिसाइल र बम आक्रमण जारी राखेको युक्रेनी सेनाले जनाएको छ । रुसी सेनाले युक्रेनको पूर्वी सिमाना नजिक आर्टिलरी इकाइ सशक्त बनाएको छ । उत्तरपूर्वी युक्रेनको स्लोबोजान्स्कीमा रूसी सेनाले आक्रमण गर्न सम्भावित ठाउँहरूको खोजी गरिरहेको छ ।

उनीहरूले खार्किभ सहरलाई आंशिक रूपमा अवरुद्ध गर्न खोजिरहेका छन् । खार्किकभमा अहिले पनि गोलाबारी जारी छ । पूर्वी युक्रेनको दोनेत्स्कमा रुसी सेनाले स्लाभ्यान्स्क, पोपस्ना र कुराखोभो जिल्लाहरूमा युद्ध गरेका थिए । त्यस्तै, बन्दरगाह सहर मारिउपोलमा रुसी सेनाले असफल आक्रमण गरेका थिए । यसैबीच मारिओपोलमा सयौँ युक्रेनी सेनाले आत्मसमर्पण गरेको रुसी रक्षा मन्त्रालयले दाबी गरेको छ ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहिबार  ११ : ४८ बजे