७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समस्या समाधान गर्न गृहमन्त्रीकाे निर्देशन



५ वैशाख ०७९, काठमाडौं। गृहमन्त्री बालकृष्ण खाणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक्स–रे मेसिन जडान गर्न, भिडभाड व्यवस्थापन गर्न र एटीएम मेसिन मर्मत गर्न निर्देशन दिएका छन् ।अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई, विमानस्थलका प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाही, नागरिक उड्ययन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलगायतलाई सोमबार बोलाएर खाणले ती तीनवटै काम छिटो गर्न निर्देशन दिएका हुन् ।

गृहमन्त्री खाणले यात्रुहरूले समस्या पाइरहेको गुनासो आएपछि सम्बन्धित अधिकारीहरूलाई बोलाएर समाधानका लागि निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  १ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।